जन प्रतिनिधिले गलत गरे हतकडीः मन्त्री पण्डित

सेयर गर्नुहोस

कपिलवस्तु । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जन प्रतिनिधीले नियम विपरित काम गरेको पाइए हतकडी लगाउने बताउनु भएको छ । नेपाल आर्थिक समृिद्ध तर्फ लागेको समयमा कुनै पनि कर्मचारीले लापरवाहि गरेको थाहा पाएमा कसैले छुटकरा नपाउने मन्त्री पण्डितले बताउनु भयो । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको जामिया रजविया लिलबनात (गल्स स्कुल)को उद्धघाटन गर्दै मन्त्रि पण्डितले देश संघीय संरचनामा गएकाले केन्द्रमा रहेको कर्मचारी तथा अन्य कर्मचारीहरुलाई भने ठाँउमा गएर देश र जनताको सेवा गर्न आग्रह गर्नुभयो ।

स्थानीय तह तथा प्रदेशिक तहमा कर्मचार र जनप्रतिनिधि विच खटपट भएको आफुले सुन्न नचाहेको बताउनु भयो । कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीहरुलाई आफुले सम्मान गर्ने र अनियमितता गर्नेलाई दण्ड दिने दाबी गर्नुभयो । मन्त्री
पण्डितले जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु पनि भष्ट्रचार गर्न नहुने बताउनु भयो । अस्थिरतापछि स्थायित्वमा गएपछि अब समृद्धि तर्फ लागेको जोड दिनुभयो । ६, ६ महिनामा सरकार परिवर्तन हुने गरेकोले अब स्थीर सरकार गठन भएको बताउनु भयो ।

कपिलवस्तुका अधिंकाश स्थानीय तह भाडामा बसेकोले अब जग्गाको व्यवस्थापन गरेमा भवन निमार्णको लागि रकम उपलव्ध गराउने प्रतिवद्धता जनाउनु भयो । अब सरकारले स्थानीय तहको लागि एक अर्ब भन्दा धेरै बजेट छुट्टयाउने भएकोले विकासको गतिले तिव्रता ल्याउने विश्वास व्यक्त गर्नुभयो । पण्डितले भन्नुभयो–“कपिलवस्तु पछाडि
परेको जिल्ला हो यसलाई सरकारले विशेष प्रथकिमता दिन्छ तपाई जागरुक हुनुस”

कपिलवस्तु जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको ठाँउ भएकोले मुस्लिम महिलाहरुको लागि स्कुल संचालन गरेकोमा धन्यवाद दिनुभयो । मुस्लिम समुदायका महिलाहरु शिक्षाबाट बन्चित हुनुपरेको भन्दै अब यस क्षेत्रका महिलाहरुले शिक्षित हुनेमा विश्वस्त रहेको वताउनु भयो । हिन्दु मुस्लिमलगायत सम्पुर्ण समुदायहरुलाई भाइचाराको सम्बन्धमा बस्नुपर्ने बताउँदै कपिलवस्तुमा सम्पुर्ण समुदायको बसोबास रहेकोले धार्मिक, जातीय, राजनैतिक सद्भाव आवश्यक रहेको औल्याउनु भयो ।

मुस्लिम बालिकालाई उच्चतहसम्म शिक्षा प्रदान अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरी विजयनगर गाउँपालिकाको लगानीमा गल्र्स स्कूल स्थापना गरिनु उदाहरणिय कार्य रहेको मन्त्रि पडितले बताउनु भयो । स्कुललाई आफ्नो तर्फ तथा मन्त्रालयको तर्फ बाट गर्न सक्ने कामलाई गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

Facebook Comments Box