एमसिसिपछि एसपीपीमा राजनिति शुरु, अमेरिकी दुतावासकाे विज्ञाप्ति जारी

सेयर गर्नुहोस

नेपालस्थित अमेरिकाको दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ । मंगलबार दूतावासले एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको हो । तर कुनै देशबाट माग भएमा सामेल गराउने दूतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक ट्वीटर एकाउण्टमा गरिएको ट्वीटमा भनिएको छः

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणको लागि एसपीपी प्रभावकारी माध्यम हो।

Facebook Comments Box