नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा प्रशासन कार्यालय घेराउ

कपिलवस्तु-नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा रास्ट्रघाती एमसीसी सम्झौता विरुद्ध ,जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्द्पदमा फिल्डबाट र्याली गर्दै जिल्ला प्रशासन कार्यलय घेराउ गरिएको अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवलाई सद्स्य बिज्ञान क्षेत्रीले बताए ।
प्रशासन घेराउ कार्यक्रममा बोल्दै , जिल्ला सेक्रेटरी कमल केसि ले काङ्ग्रेस जहिले – जहिले सत्तामा पुग्छ त्यति बेला रास्ट्रघात गर्दै आएको र अहिले एमसीसी पास गरेर नेपालमा युद्ध थोपारेको बताए ।साथै उहाँले संसदवादी दलहरुको कारण आज देशमा एमसीसी पास भएको र नेपालमा संसदीय व्यवस्था रहदा सम्म एक बताए ।यो देशमा नेपाल कम्युनिस्ट पार्टी रहदा सम्म देशमाएमसीसी कार्यनयन गर्न नदिने केसिले बताए ।
एमसीसी सम्झौता खारेज नभएसम्म आफुहरु निरन्तर संघर्ष गर्ने , अमिरिकी साम्राज्यवाद संग निरन्तर लड्ने केसिले बताए । घेराउ कार्यक्रम को सन्चालन थारु मुक्ती राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सुनिल थारुले गरेका थिए ।
