हामी सरकारमा जाँदैनौँ, बरु समर्थन फिर्ता लिन्छौँ : नेता केशव झां

सेयर गर्नुहोस

काठमाडौं ।
पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी लोसपाभित्रको विवाद चर्किँदै गएको छ । एकसमय एमाले अध्यक्ष केपी शर्मा ओलीको चङ्गुलमा परेको महन्थ ठाकुर नेतृत्वको यो पार्टी जसपाबाट चोइटिएर बनेको हो भने सत्ता र ओलीका लागि रातारात निर्माण भएको पनि हो ।कहिल्यै मिल्न नसक्ने र मिलेपनि स्वार्थका लागि तत्कालै फुट्न सिपालु मधेसवादी पार्टीमा पछिल्लो समय लोसपा बनेको छ । ओलीविरुद्धको गठबन्धनमा सामेल भएको लोसपा पछिल्लो समय न सरकारमा राम्रोसँग टाँसिएको छ। न त छुट्टिएको नै । बरु बेला बेला सरकारबाट समर्थन फिर्ता लिने धम्की लोसपाका नेताहरूले दिँदै आएका छन्।
” हामीले जुन ११ बुँदे ज्ञापन पत्र बुझाएका छौँ। त्यसमा सबै कुरा स्पष्ट छ । त्यहाँ कहिँ कतै सरकारमा सहभागी हुने वा सरकारमा सहभागी हुनका लागि यी माग पुरा गर भनिएको छैन । हामीले सरकारलाई समर्थन गरेको ११ महिनाभन्दा धेरै भइसक्यो । हाम्रा मागहरू पुरा गरिदिने शर्तमा नै हामीले यो सरकारलाई समर्थन गरेका थियौँ । संसद्मा उभिएर हामीले मत दिएका थियौँ। तर सरकारले हामीसँग गरेको सहमति कार्यान्वयन नगरेपछि हामीले पुनः स्मरण गराएका हौँ। सरकारमा सहभागी गराइ दिनु पर्‍यो भनेर बिन्ती बिसाउन गएका होइनौँ ।हरेक राजनीतिक दलको अन्तिम उद्देश्य भनेको सत्ता प्राप्ति नै हुन्छ । सरकारमा जाने नै हुन्छ । हामी पनि एउटा राजनीतिक दल भएकाले हाम्रो माग र मुद्दा सम्बोधन भएको अवस्थामा सरकारमा नजाने भन्ने त हुँदैन । तर अहिलेसम्म हाम्रा मागहरू सम्बोधन भएका छैनन् । सरकारलाई समर्थन गरेको ११ महिनासम्म हाम्रा मुद्दाहरूलाई वास्ता गरिएको छैन्। अहिलेसम्म सरकारमा सहभागी हुनका लागि कहिँ कतैबाट प्रस्ताव पनि आएको छैन। प्रस्ताव आयो, हाम्रो माग सम्बोधन भयो भने हामी विचार गर्छौं।” ” – केन्द्रीय सदस्य केशव झां

Facebook Comments Box