पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

सेयर गर्नुहोस

काठमाण्डाै – सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ ।

महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तालिममा पालिकाका काम, कर्तव्य र अधिकार तथा व्यावहारिक

hgk|ltlglwx? kb tyf uf]klgotfsf] zky u|x0f ub}{
@= ag]kf, ( h]7 -/f;;_ . sfe|]knf~rf]ssf] a]yfgrf]s ufpFkflnsfsf cWoIf eujfg clwsf/L ;f]djf/ kflnsfsf gjlgjf{lrt j8f cWoIf tyf ;b:ox?nfO{ kb tyf uf]klgotfsf] zky u|x0f u/fpg’x’Fb} .
k]df nfdf, /f;;

समस्या र समाधानका विषयमा जनप्रतिनिधिलाई प्रष्ट पारिने मन्त्रालयको भनाइ छ । सङ्घीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम हुन लागेको सूचनामा उल्लेख छ ।

प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठको २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई जेठको २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई जेठको ३० र ३१ गते तालिम दिइने मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments Box