एमालेकाे किल्लामा राप्रपाकाे कब्जा, आज शपथ ग्रहण

सेयर गर्नुहोस

कपिलवस्तु , जेठ ८ । जिल्लाका शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अजय थापाले आज जिल्ला अदालत कपिलवस्तुमा पद तथा गाेपनियताकाे शपथ लिनुभएकाे छ ।

आज न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शाहले नगरप्रमुख अजय थापालाई पद तथा गाेपनियताकाे सपथ कार्यक्रम समपन्न गराउनुभएकाे जानकारी आशिष् काैशलले दिएका छन ।

स्थानीय निर्वाचन २०७९ काे निर्वाचनमा राप्रपाका उम्मेदवार रहेका थापा ७६०२ मत ल्याई आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महादेव पाेख्रेललाई ४७४ मतान्तरले पराजित गरेका थिए । स्थानीय तह निर्वाचन २०७४ मा शिवराज नगरपालिकाका नगरप्रमुख नेकपा एमालेका नेत्रराज अधिकारी थिए तरपनि राप्रपाबाट अजय थापालाई मतदाताले बढी मत दिएर बिजयी गराएकाे काैशलकाे भनाई छ ।  एमालेका पहुँचका नेता प्रदेश सांसद अर्जुन केसी समेतकाे प्रभाव रहेकाे नगरपालिकामा हिन्दु राष्ट्रकाे मुद्दा बाेकेकाे राप्रपाकाे विजय शुरुआतले राजनितिक वृतमा हलचल मचाएकाे छ ।
शिवराज नगरपालिका मेयर पदका उम्मेदवारहरु र पाएका मत विवरण
१) अजय थापा- (बर्ष ३३ )
राष्ट्रिय प्रजातन्त्र पार्टी
पाएको मत – ७६०२ (निर्वाचित)
२) महादेव पोख्रेल- (बर्ष ४२ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाएको मत -७१२८
३) हुमकान्त खनाल (बर्ष ६५ )
नेपाली काँग्रेस
पाएको मत- ५४७७
४) रवि दत्त मिश्रा (बर्ष ४९ )
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
पाएको मत – ४०२४
५) कृष्‍ण कुमार चौधरी( बर्ष ६४ )
जनता समाजवादी पार्टी, नेपाल
पाएको मत – ३१६५
६) क्षेत्र बहादुर खत्री( बर्ष ६१ )
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
पाएको मत -१६९७
७)भेषराज भुसाल( बर्ष ६४ )
स्वतन्त्र पाएको मत- ५२७
८)बालजी प्रसाद यादव( बर्ष ४५ )
जनमत पार्टी- पाएको मत- १३३
९) दान बहादुर पुन (बर्ष ४९ )
मंगोल नेशनल अर्गनाइजेसन
पाएको मत- ६८
१०) ममता मिश्रा (बर्ष २७ )
स्वतन्त्र पाएमो मत -१०
११) रीता ढकाल पोख्रेल (बर्ष ३५ )
स्वतन्त्र

Facebook Comments Box