हजाराैं समर्थकका साथ नगरप्रमुख शाहको विजय जुलुस

सेयर गर्नुहोस

 कृष्णनगर, जेष्ठ ७ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका पुन: निर्वाचित भएका नगरप्रमुख रजत प्रताप शाह आफ्ना हजाराैं समर्थकका साथ आज विजय जुलुस निकालेका छन ।

नेपाली कांग्रेसबाट नगरप्रमुख पदमा निर्वाचनमा हाेमिएका निवर्तमान मेयर रजत प्रताप शाह लगभग पन्द्रह सय मतान्तरले प्रतिद्वन्द्वी दीपक रजाैरियालाई पछि पार्दै पुन: निर्वाचित भएकाले उनका समर्थकहरु नगर परिक्रमा गर्न विजय जुलुस निकालेका थिए ।

नगरप्रमुख कै निवास शाह भवन बहादुरगंज बाट निकालिएकाे जुलुसमा कपिलवस्तु क्षेत्र ३ सांसद अभिषेक प्रताप शाह , उपमेयर आरतीदेवी चाैधरी, भरत किशाेर चाैधरी , अकिल मियां लगायत कइयाें नेताहरु समावेश भएका थिए । बहादुरगंज देखि शुरु भएकाे जुलुस माडा, जुमिला, डगरमरवा, अजिगरा , कर्मा, भिल्मी, पुरुषाेत्तमपुर, डबरा ,सरफर, झिंगहा, पटना , बसन्तपुर, बेदमउ, सिर्सिहवा , लक्ष्मीनगर हुँदै कृष्णनगर बजारमा काेणसभा गरि समापन गरिएकाे थियाे ।

काेणसभालाई सम्बाेधन गर्दै याे जीत नगरका जनताको भएको, कृष्णनगर लाई अझै विकसित बनाइने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने वक्ताहरूले जोड दिएका थिए । साेमबार नगरप्रमुख रजत प्रताप शाहले उपप्रमुख ,वडाध्यक्ष लगायत सबै निर्वाचित जनप्रतिनिधिलाई पद तथा गाेपनियताकाे सपथ खुवाउने कार्यक्रम रहेकाे छ ।

Facebook Comments Box