शाहद्वारा हिजाे दाेस्राेपटक सपथ ग्रहण, आज विजय जुलुस

सेयर गर्नुहोस

कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा पुन: निर्वाचित भएका नगर प्रमुख रजत प्रताप शाहले पद तथा गोपयिनताको सपथ लिएका छन् ।
कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शाहलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे छ । बेलुकी साढे छ बजे जिल्ला अदालत कपिलवस्तुमा प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहकाे समेत उपस्थितिमा शपक्ष ग्रहण गराइएकाे थियाे l
आफू शपथ ग्रहणपछि नगरप्रमुखले नै नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) मा व्यवस्था गरिएकाे छ ।
सो ऐनको दफा १०९ (२) अनुसार नगर प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने समयसिमा ताेकिएकाे छ ।

शपथ ग्रहणपछि संचारकर्मीसंग कुरा गर्दा नगरप्रमुख शाहले सम्पुर्ण नगरबासीलाई पुन:निर्वचित गराउनुभएकाेमा धन्यवाद दिदै अबकाे पांच सालमा नगरपालिका भित्रका अधुरा याेजनाहरु समपन्न गराई नमुना नगरपालिका बनाउने प्रतिवद्धता गर्नुभएकाे छ । नगरप्रमुख शाहले पचासाैं बर्षदेखिका नगरपालिकाकाे अवस्था हेर्ने हाे भने कृष्णनगरले विगत पांच बर्षमा धेरै नै फड्काे मारेकाे बताउनुभएकाे थियाे ।

नगरप्रमुख शाहले निर्वाचन कार्यालय कृष्णनगरले हिजाे नतिजा प्रकाशन गरेपछि बाजागाजासहित आफ्ना समर्थकका साथ कृष्णनगर बजार परिक्रमा गरेर नगरबासीलाई धन्यवाद दिनुभएकाे थियाे । आज ११ बजे नगरका प्रत्येक वडामा नगरपरिक्रमा गर्ने कार्यक्रम रहेकाे रहुल सिंहले जानकारी गराउनुभएकाे छ ।

Facebook Comments Box