बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर र एमालेबाट उपमेयर विजयी

सेयर गर्नुहोस

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत ल्याउनुभयो ।

उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याउनुभयो ।

 

Facebook Comments Box