पाँचथरको मिक्लाजुङ गाँउपालिका अध्यक्षमा माओबादी केन्द्रका माखिम विजयी

सेयर गर्नुहोस

पाँचथर– पाँचथरको मिक्लजाजुङ गाँउपालिकाको अध्यक्ष नेकपा माओबादी केन्द्रका अमराज माखिम विजयी हुनुभएको छ ।

गठबन्धबाट उम्मेदवार बन्नुभएका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मत अन्तरले हराउँदै विजयी हनुभएको हो । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले ४ हजार २६ मत मात्र प्राप्त गर्नुभयो ।

माखिम मिक्लाजुङ गाउँपालिकाको निर्वतमान अध्यक्ष हुन् । उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका सन्तकुमार सेर्मा ‘सन्तोष’ विजयी हुनुभएको छ । उहाँले एमालेकी धनमाया सारु मगरलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

शेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत हजार मत प्राप्त गर्नुभयो । ८ वडा रहेको मिक्लाजुङमा वडा नम्बर ८ बाहेक सबै वडाहरु गठबन्धनका उमेदवारहरुले जितेका छन् ।

Facebook Comments Box