विजयनगरमा बहुजन शक्ति पार्टीले निकाल्यो भव्य  रैली 

सेयर गर्नुहोस

विजयनगर 

विजयनगरमा बहुजन शक्ति पार्टीले भव्य  रैली  सम्पन्न गरेको छ ।

स्थानीय तहको निर्वाचन नजिक्दै जाँदा बहुजन शक्ति पार्टी विजयनगरमा आफ्नो शक्ति पर्दशन  गरेको हो । 

विजयनगर गाउँपालिकाका मेयर पदका प्रत्याशी गुरुप्रसाद थारुले बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा बहुजन शक्ति पार्टी लाई नै मतदान गर्न आग्रह गर्दै वडा र पालिकामा विकास र समृद्धिको प्रत्याभूति दिलाउन बहुजन शक्ति पार्टीको जित आवश्यक रहेको बताउनुभयो  ।

 पालिकामै हरेक बर्ष चिकित्सक वा ईन्जिनियर, एक नर्स, एक जेटिए तथा भेटनेरी डाक्टरलाई छात्रावृत्तिको व्यवस्था गर्न, जेष्ठ नागरिकलाई हरेक ३ महिनामा घरमै गएर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, पालिकाभित्रका विपन्न परिवारका सदस्यलाई उपचार जिल्ला बाहिर जान एम्बुलेन्स सेवा निशुल्क गराउन, पालिकाका हरेक कामलाई पारदर्शी र जनसहभागिता मूलक बनाउनका लागी बहुजनशक्ति पार्टी नेतृत्वका  लागि आउन आवश्यक रहेको थारुले बताउनुभयो ।

 त्यसै कार्यक्रममा बोल्दै उपाध्यक्ष पदकि उम्मेदवार सिता देवि यादवले कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत बहुजन शक्ति पार्टी लाई नै दिन  आग्रह गर्नुभयो ।

 बिगत ५ बर्षदेखी भष्ट्राचार अखडा बनेको पालिका अन्तय गर्नको निम्ति, कृषकहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको लागि आफुले उम्मेद्वारी दिएको यादव ले बताउनु भयो  । 

 कार्यक्रममा बहुजन शक्ति पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खाँ, केन्द्रीय सदस्य गौरी शंकर हरिजन , जिल्ला सल्लाहकार बाबुराम कोरी लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो  रयालीमा हजारौको संख्यामा कार्यकर्ता,समर्थक गाडी,मोटरसाइकल सहित सहभागी भएका थिए । बहुन शक्ति पार्टीले वडा सहित जित्ने दाबी गरेको  छ ।

Facebook Comments Box