सुरहि पारीको गाउपालिका , जहा छ पेचिलो प्रतिस्पर्धा

सेयर गर्नुहोस

चिन्ता परियार
कपिलवस्तु

लोकमार्गमा अवस्थित शिवराजको मुख्य ब्यपारीक केन्द्र चन्द्रौटा बजार पार गरेको ५ सय मिटर पश्चिम पुगे पछि एउटा बाटो पश्चिम तर्फ छुट्छ । गएको निर्वाचनको मध्यतिर पिच गरिएको यो बाटो अहिले ग्राबेल सडकमा परिणत भएको छ । जुन बाटोको दुर्दशा भोग्दै अघि बढेपछि ३ किलोमिटर पर एउटा ऐतिहासिक सुकुम्बासी बस्ती हल्लानगर पुगिन्छ । यो बस्ती सुकुम्बासीहरुको विविधताको नमुना हो ।

यहाँको चाल चलन रिती संस्कृति सबैमा विविधता पाईन्छ । कुनै समयको घना जंगल अहिले बाक्लो बस्तीका रुपमा विकसीत भएको छ । सुरहिको वारी पटटी रहेको हल्लानगर बस्ती र पारी जंगलको बिचबाट सुरहि नदि बगेको छ । यहि नदि पार गरे पछी सुरु हुन्छ विजयनगर गाउँपािलका । शिवराज र बिजयनगर जोड्ने सिमावर्ति नदि सुरहिको आफनै गती बेग र पिडा छ । यसको दुई तर्फ बसेका बस्ती हरुको पनि आफ्नै कथा ब्यथा छ । यी दुई सुकुम्बासी बस्तीको अनेकन दुख दर्द र कहानीहरुको लामो ईतिहास छ । वारी शिवराजमा चुनावी माहोलको सरगर्मी बढि रहेका बखत सुरई पारीको बिजयनगरमा पनि चुनावी माहोल तातेका छ । यो गाउँपालिका आफैमा बेलाबेलामा चर्चामा आई रहने गाउँपालिका हो ।

बिजयगरको प्रतिस्पर्धाको पुरानो ईतिहासमा गरिएका बद्मासीहरु अहिले कथा बनीसकेका छन् । यो पालिका प्रमुखका लागी फेरी एक पटक गोपाल बहादुर थापा र जानकी प्रसाद यादव एक अर्काको सामु चट्टान बनेर उभिएका छन् । गएको निर्वाचनको लापरवाहि जानकी प्रसाद यादवको लागी ५वर्षे पिडामा बित्यो भने गोपाल बहादुर थापाका लागी त्यो ५ वर्ष गाउँ पालिकाको जिम्मेवारी पुरा गर्ने अवसरका रुपमा प्राप्त भयो । यतिबेला जानकी प्रसाद यादव गोपाल थापाको पुरानै चुनाव चिन्ह सुर्यलाई परासत गर्न नयाँ चिन्ह लिएर अघि बढेका छन् । जसपाबाट जानकी फेरी एक पटक प्रतिस्पर्धाको संघारमा छन ।

प्रतिस्पर्धाको लडाईमा रहेका सुर्य चिन्हका गोपाल बहादुर थापा लोकप्रिय नेता हुन । उनले दोस्रो कार्यकालको लागी आफुलाई चुनावी परिक्षामा होमिदिएका छन । पहिलो कार्यकालमा गरेका कार्य र उनका गतीविधि यतिबेला जनताका सामु छन । जनताले सहि र गलत कार्यको पक्कै लेखा जोखा राख्ने छन । धैयता केवल जनताको परिक्षण र नतिजाको हो ।

यता जानकी प्रसाद यादव गाउँपालिकामा मनोमानी बढेको भष्टाचार बढेको गरिब दलित महिला मधेसी माथी विकास र अवसरमा विभेद भएको भन्दै गोपालको विपक्षमा छन । यो गाउपालीकाको प्रतिस्पर्धा यो पटक पनि रहस्यमय हुने विषय भने पक्कै नौलो हुने छैन ।

Facebook Comments Box