वडामा युवा नेतृत्वका लागि मेरो उमेदवारी : राहुल पाण्डेय
कृष्णनगर, बैशाख २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ।
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन।
कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । निवर्तमान वडाध्यक्षले वडाकाे कुनैपनि बिकास नगरेकाे र मात्र आफ्नालाई ध्यान दिएकाे पाण्डेयले आराेप लगाएका छन ।
पाण्डेयलाई विजयी बनाउन वडाका जन समर्थन बढ्दै आएकाे छ।
जनता समाजवादी पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकटका नेताहरु बताउदै आएका छन्।
पाण्डेय यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
पाण्डेय लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए । पाण्डेय वडावासि माझ लोकप्रिय बन्दै गएका छन् ।
