महाराजगंज काङ्ग्रेसको घरदैलो अभियानमा रौनक,कलाम को उम्मेदवारीले पालिकावासी खुसी

सेयर गर्नुहोस

कृष्ण कुमार यादव
महाराजगंज, कपिलवस्तु
२४ बैशाख, २०७९ ।
महराजगंजको नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका उम्मेद्धारहरुले घरदैलो अभियान लाई तिव्रता छन् ।
आज शनिवार वडा नं १ मा पालिका प्रमुख, उपप्रमुख ,वडा अध्यक्ष , सदस्य उम्मेद्धारहरुले निर्वाचन सफल पार्न घरदैलो अभियान गरेका छन् ।
महाराजगंज नगरपालिकाका प्रमुख पदका उमेदवार अब्दुल कलाम र उप-प्रमुख पद कि उमेदवार शुभावती कुर्मी वडा अध्यक्ष पदको उम्मेद्धार प्रमोद कुमार चौधरी सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन् ।
अब्दुल कलामलाई उम्मेदवार पाएकोमा वडा वासीले खुसी व्यक्त गर्दै यस पालिको चुनावमा नेपाली कांग्रेस लाई भारि मतले विजयी गराउनका सबै लागि पर्ने वडावासीले वताएका छन् ।
शुभावती कुर्मीले पालिका भित्रका आवश्यक कुषि,स्वास्थ, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पालिकाका बजार सहित भित्रि बस्तीहरुलाई पनि समान नजरबाट विकासका योजनाहरु बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष पदका उमेद्धवार प्रमोद कुमार चौधरीले वडा वासीको आशिर्वाद माग्न हजुरको घर दैलोमा आएको हो आफु निर्वाचित भएपछि आमा, वुवा, दाजु भाई, दिदी वहिनीको घरदैलोमा अहिले आर्शिवाद माग्न जसरी आएको छु त्यसै गरी भोलि हजुरको सेवा गर्नका लागि दिन रात नभनी लाग्ने छु मेरो प्रतिबद्धता भयो उहाँले भन्नु भयो ।
नगरपालिमा आफनो घर दैलोलाई निरन्तरता दिने गर्दै वडाको विकासका लागि अगाडी सरेकोमा वडा वासीको साथ सर्मथ रहेने वडा वासीले भनेकोमा नेपाली कांग्रेसले निर्वाचनमा जित्ने पक्का रहेको उम्मेद्धवारहरुले दावी गर्दै आएका छन् ।

Facebook Comments Box