सरकारमा रहदा एमालेले के -के काम गर्याे ? उत्तर दिनैपर्छ : गगन थापा

सेयर गर्नुहोस

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए ।

‘५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेले पाएको थियो । अहिले काठमाडौ महानगरपालिकाको चुनाव छ । यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ? ५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’, थापाले प्रश्न गरे । उनले निर्वाचन जिताउने मतदाता भगवान सरह भएको भन्दै काँग्रेसले काठमाडौमा यो यो काम गर्ने भनेर एजेण्डावाइज उम्मेदवार बनाएको बताए ।

Facebook Comments Box