विजयनगरको सुन्दर भविस्य थापा बाट मात्र सम्भव: स्थानीयबासी

विजयनगर
कपिलवस्तुको विजयनगर सुन्दर भविस्य नेकपा एमाले अध्यक्ष पदको उम्मेदवार थापा बाट मात्र सम्भव रहेकोे स्थानीयले बताएका छन् । विहिवार गाउँपालिकाको वडा -७ मा चुनावी अभियानमा मत माग्न पुगेका थापालाई मतदाताहरुले तपाई बाट मात्र विजयनगरको सुन्दर भबिस्य सम्भव रहेकोेले पालिका अध्यक्षमा पुनः आउनु हुनेछ , जसका लागि हामी सबै को साथ र सहयोग रहेकोले विजय सफल रहेकोे बताएका छन् ।
विजयनगरका जनताले गत निर्वाचनमा विश्वास गरेर जिताएका थिए जुन विकासको ढोका खोल्नु भएकोमा गर्व गर्छौ । अगामी दिनमा पाउने अवसरलाई सहि सदुपयोग गरि गाउँपालिकाको कायापलट गर्नु हुनेछ हामी सबैको पुर्ण विश्वास छ स्थानीयले भने ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पालिकावासी नागरिकको विश्वासलाई आत्मसात गरि उच्च सम्मानको साथ हरेक क्षेत्रमा विकासको मुहार फेर्ने संकल्प लिएको बताउनु भयो ।
पार्टीका नेता कार्यकर्ताहरुले प्रचारप्रसारलाई तीब्र रूप दिएका छन् । गाउँपालिकाको वडा -७ मा नेकपा एमालेबाट उम्मेदवार रहेको दिनेश कुमार चौधरीको जीत सुनिश्चित रहेको घर दैलो अभियानको क्रममा मतदाताहरुले बताएका छन् ।
