जातिय चक्रव्युहमा कृष्णनगरकाे राजनिति , काे बाजि मार्ला ?

सेयर गर्नुहोस

कृष्णनगर , बैशाख २२ । कृष्णनगर नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवारहरु आफ्नाे प्रचार प्रसार तीव्र पार्दै गएपनि काे बाजि मार्ला भने अटकलबाजी बढदै गएकाे छ ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकदै जांदा कृष्णनगर नगरपालिकाका नगरप्रमुख पदमा उम्मेदवारहरु दलबलका साथ गाउंगाउं पुगेर आफ्ना एजेन्डाहरु प्रस्तुत गरी मतदातालाइ लुभाउने प्रयासमा छन । मतदाताले पनि सबै उम्मेदवारलाई अश्वासन दिदै आएकाे छ तर निर्वाचनमा जीत एक जनाकाे मात्र हुने भएकाले राजनितिक अटकलबाजी केही पुराना राजनिति कर्मीहरुले चाैक चाैकमा चलाईरहेका छन ।

स्थानीय तह निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका रजत प्रताप शाह कृष्णनगर नगरपालिकाकाे नगरप्रमुख पदमा चार हजारभन्दा बढी फरक मतान्तरले तात्कालिन माओवादीका उम्मेदवार शिवप्रसाद जयसवाललाई पछाडि पार्दै जीत हासिल गरेका थिए । अहिले कांग्रेस प्रवेश गरेपछि कपिलवस्तु क्षेत्र ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाह र प्रदेश सांसद विरेन्द्र कानाेडिया पनि निर्वतमान नगरप्रमुख शाहकै प्रचार प्रसारमा हाेमिएका छन । शाह परिवार जनाधारमा बलियाे मानिए तापनि एउटै परिवारका अर्का सदस्य कुनाल प्रताप शाह पनि एमालेकाे टिकटबाट नगरप्रमुख पदमै लडेकाले रजत प्रताप शाहकाे भाेट कट्न सक्ने अनुमान गरिरहेका छन। पैतृक भाेटबैंकमा बलिया शाह नगरप्रमुखकाे उम्मेदवारमा याे अन्तिम पटक लड्ने बताएका छन साथै अबकाे प्रमुख लक्ष्य नै सुशासन सहितकाे समृद्ध नगर रहेकाे बताउनुभएकाे छ ।

त्यस्तै विगत दुई बर्षदेखि माओवादी छाेडेर नेकपा एमालेकाे संगठन बिस्तारदेखि लिएर कृष्णनगर क्षेत्रमा पार्टीकाे अस्तित्व बनाउन प्रयास गर्दै आएका शिवप्रसाद जयसवाललाई पार्टीले टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारीमा उनका छाेरा महेश जयसवाल पनि बुवाकाे भाेटबैंककाे , फाइदा लिने र अन्य उम्मेदवार भन्दा बलिया भई प्रस्तुत हुने प्रयासमा छन । उनी जनताले चाहे अनुरुपकाे बिकास म मात्रै दिन सक्ने बताएका छन ।

अर्कातिर जनता समाजबादी पार्टी नेपालबाट नगरप्रमुखमा उम्मेदवारी दिएर चुनावमा हाेमिएका पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले पनि आफू अन्य प्रतिस्पर्धीभन्दा अहिले मजबुत स्तिथिमा रहेकाे बताउंछन । उनी भन्छन – मधेश आन्दाेलनकाे जग बसालेका उपेन्द्र यादव नेतृत्वकाे जसपाले मलाई नगरप्रमुख पदमा विस्वास गरेकाे छ त्यसैले म र सबै वडाका प्रतिनिधिहरु निर्वाचित हुनेछाैं किनभने हामीसंग मधेशी , मुस्लिम , जनजाति लगायत पिछडिएका समुदायकाे बलियाे समर्थन रहेकाे छ ।उनीसंगै रहेकी उपप्रमुख आरती सिंह यादव कारण पनि यादव भाेटकाे ध्रुवीकरण हुने सम्भावना बढ्दै गएकाे छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (लिङ्देन) बाट नगरप्रमुख पदमा कडा प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवार दीपक रजाैरिया पनि पुराना राजनीतिक घारानाबाट चुनावी मैदानमा उत्रेकाले पैतृक भाेटबैंककाे फाइदा हुन्छ नै साथै नया दर्ता भएकाे जनताप्रगतिशील पार्टीकाे पनि समर्थन रहेकाे सुनिएकाले उनले पनि राेमान्चक प्रतिस्पर्धा गर्ने आकलन गरिदै आएकाे पाइन्छ । उनीसंगै उपप्रमुखमा रहेका श्याम मिश्रका कारण पनि केही ब्रहम्मण भाेट रजाैरियामै जाने बुझाइ छ।

माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचनमा कपिलवस्तु(ख)बाट दाेस्राे नम्बरमा रहेका जावेद खां पनि कृष्णनगर नगरपालिकाका बलिया उम्मेदवार मध्ये एक हुन । उनकै भाइ बुहारी सबनम खातुन स्थानीय तह निर्वाचन २०७४ मा उपप्रमुखमा जीतेकी थिइन त्यसपछि यस निर्वाचनमा खांलाई पार्टीले बिस्वासी उम्मेदवारका रुपमा अगाडि सारेकाे छ । मुस्लिम समुदायमा राम्राे पकड भएका नेता मध्ये एक उम्मेदवार जावेद खां कृष्णनगर यातायात व्यवासायी समिति का अध्यक्ष पनि हुन साथै कृष्णनगर क्षेत्रका केही वडामा उनकाे राम्राे भाेटबैंक भएकाे मानिन्छ ।

त्यसैगरि अर्का उम्मेद्वार कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सांसद विरेन्द्र कानाेडियाका भतीज मनाेज कुमार कानाेडिया पनि दलित,विपन्न समुदायकाे हकहितका लागि लड्दै आएकाे बहुजन शक्ति पार्टी बाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन । नेपालि कांग्रेसबाट टिकट नपाएपछि उनी आफ्नै काकाकाे पार्टी नेपाली कांग्रेस विरुद्ध चुनावी मैदानमा हाेमिएका छन । घरदैलाेदेखि लिए साेसलमिडियामा पनि उनकाे व्यापक प्रचार प्रसार भइरहेकाले उनी पनि कृष्णनगरमा बलिया उम्मेदवारका रुपमा आफ्नाे उपस्थिति देखाउने प्रयासमा छन ।

कृष्णनगर नगरपालिकामा जातिय भाेटबैंककाे धेरै प्रभाव रहेकाेले अधिकांश उम्मेदवार जातिय समिकरण बनाउदै प्रचार प्रसारमा व्यास्त भएकाे पाइन्छ । नगरपालिकाभित्र लगभग ३८ हजार मतदाता छन जसमा यादव , कुर्मी, ब्रहम्मण , दलित , मुस्लिम लगायतकाे मजबुत जातिय फ्याक्टरकाे आफ्नाे महत्त्वपूर्ण भुमिका हुनेछ ,साथै कुल ८४ गाउंमध्ये प्रत्येक गाउंकाे भाेट समेट्ने उम्मेदवार बढी प्रबल हुने र चुनावी चक्रव्युहलाई पार गर्दै जीत हासिल गर्न सक्ने सम्भावना रहेकाे स्थानीय वरिष्ठ राजनितिज्ञहरुकाे आकलन छ ।

Facebook Comments Box