शिवराजमा सत प्रतिशत नतिजा निकाल्छौ : सासंद शा

वैशाख २१ कपिलवस्तु
नेपाली कांग्रेसका युवा नेता एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले शिवराज नगरपालीकामा नेपाली कांग्रेसको सत प्रतिशत नतिजा निकाल्ने वताउनुभएको छ । नगरपालीकाको वडा न ११ मा आज भएको उम्मेदावरहरुको घरदैलो कार्यक्रममा सरिक सांसद शाहले नेपाली कांग्रेसले ११ ओटै वडा विजय झण्डा गाडने दावी गर्नुभयो ।
उहांले नेपाली कांग्रेसले शिवराज नगरपालीकाको नगरप्रमुख पदमा लामो राजनीती अनुभव वटुलेको समाज र विकास राम्रो संग वुझेको नेता हुमाकान्त खनाल उम्मेदावर वनाएकाले शिवराजवासीको सौभाग्य भएको वताउनुभयो । सासंद शाहले भन्नुभयो हुमाकान्त खनाल जी को जिल्लामा लामो योग्दान रहेको छ । उहां अनुभवी नेता हो । उहांवाट शिवराज नगरपालीकामा धेरै काम गर्न सकिन्छ । उहांको विकल्पमा अन्य कुनै उम्मेदावर छैन ।
शिवराजवासी सवैले उहां लगाएतको टिमलाई मतदान गराउन आग्रह गर्दछु । उपप्रमुख पदको उम्मेदावर सारदा रायमाझी राजनैतिक घरनाको शशतm महिला भएकाले जनताको दुख र समस्या राम्रो संग वुझने उम्मेदावर भएको उहांले वताउनुभयो । सासंद शाहले सकेसम्म शिवराज नगरपालीकाको ११ औटै वडामा आफु पुगेर मतदातालाई भेटेर उम्मेदावरको पक्ष भोट माग्ने पनि दावी गर्नुभयो । सांसद शाहले क्षेत्र न ३ को विजयनगर र कृष्णनगर नगरपालीकामा पनि जित निश्चीत भएको वताउनुभयो ।
यस्तै कार्यक्रममा नगरप्रमुख पदका उम्मेदावर हुमाकान्त खनालले शिवराजमा आफनो जित निश्चीत भएको वताउनुभयो । उहांले लामो समय जनताको शेवा र समस्यामा साथ दिएको स्मरण गर्दै शिवराज नगरपालीकाको विकास र सुसासन सहितको भष्टाचारमुतm नगर निर्माणको लागी आफुलाई मतदान गर्न आवाहान गर्नुभयो ।
यस्तै उपप्रमुख पदका उम्मेदावर सारदा कार्की रायमाझीले मतदातावाट राम्रो प्रतिक्रिया प्राप्त भएकाले नेपाली कांग्रेसका उम्मेदावरहरु उत्साहित भएर जनताको घरघरमा पुगेको वताउनुभयो । उहांले आफुहरुको टिम आए जनतालाई महसुस हुने गरी काम गर्ने पनि वताउनुभयो ।
कार्यक्रमलाई जिल्ला सचिव प्रेमवहादुर रायमाझी , नगरसभापति मधुसुदन पोखरेल लगाएतले संवोधन गर्नुभएको थियो । यसैविच निर्वाचन प्रचारप्रसार समितिका संयोजक जमसेर अली मिंयाले कांग्रेसका प्रतिवद्धताहरु लिएर जनताको घरघरमा पुगेको वताउनुभयो । समय कम भएकाले सवै मतदाता सित भेट नभएपनि कांग्रेसको टिमलाई विजयी गराउन आम मतदातालाई आवाहन गर्नुभयो ।
