नव प्रवेसि सबैले एकै स्वरमा भने शिवराजमा एमाले जिताउँछौं

अर्जुन बेल्बासे , कपिलवस्तु-
पार्टी परित्याग गरी ६६ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि मोहन के सी , महेश सिहं खाति सहित ६६ जना एक कार्यक्रका विच आज एमाले प्रवेश गरेको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
एमाले प्रवेश गर्दैे वडामा एमाले जिताउने जिम्मा हामि लिन्छौं तपाईहरु विकाशका भिजन तयार पार्नुस नव प्रवेसी के सीले भने । त्यस्तै अर्का प्रवेसि खातिले शिवराजमा विकाशको लाभको लागि एमाले प्रवेश गरेको बताउँदै वडामा जिताउँछौ वडा न ४ बाट नगरमा अत्यधिक मत दिलाउँछौ उहाँले भन्नु भयो ।
सथै सबै नवप्रवेसि सबैले एकै स्वरमा एमाले जिताएर शिवराजलाई समृद्ध नगर बनाउन हातेमालो गर्दै हिडने बताएका थिए ।स्थानिय निर्वाचनको मुखमा भएको यो प्रवेशले शिवराजका नागरीकमा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नव प्रवेसिहरुलाई एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज ,उप सचिव अर्जुन कुमार केसी , मेयर पदका उम्मेदवार महादेव पोख्रेल ,उप मेयरपदका उम्मेदवार शिवकुमारी थारु लगायतले स्वागतभएको थियो । पार्टी प्रवेश कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु, शिवराज नगर कमिटी सदस्य एवम शिवराज ४ का वडा अध्यक्ष पदका उम्मेदवार सफिक अहमद मुसलमानलगायतको सहभागिता रहेको थियो ।
