शिवराजमा गठबन्धनको चुनावि अभियान तिब्र

कपिलवस्तु – शिवरा नगरपालिकामा नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि का उमेद्धारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन । मेयर पदका उमेद्धार नेकपा एसबाट क्षेत्र बहादुर खत्रि र उपमेयर पदका उमेद्धार माओबादि केन्द्रबाट दिनेश पुन लगायत वडा अध्यक्ष पदका उमेद्धारहरु घरदैलो अभियानलाई तिब्रता दिएको छन ।
यसैगरी शिवराज ५ नं वडाका वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेल पनि घर घरमा पुगेर सुझाब सहित मत माग्नमा व्यस्त छन । यतिबेला जनताको रोजाइ र केन्द्रबिन्दुको रुपमा पनि गठबन्धनका उम्मेदवारहरु रहेका छन । आज मंगलबार वडा नं ५ का विभिन्न टोलमा घरदैलो गर्दै दिगो विकासका लागि मत दिन आग्रह गर्दै छन ।
घरदैलोको क्रममा गठबन्धनका उम्मेदवारहरुको जित निश्चित रहेको नागरीकको भनाई सुन्न पाईन्छ । पुरानाले के गरे त्यो स्व मुल्यांकन गरी मत दिन आग्रह गर्दै मेयर पदका उमेद्धार क्षेत्रबहादुर खत्रिले नयाँलाई अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
