नेपाली कांग्रेसका अलि हसन मुसलमान अहिले चर्चामा

विजयनगर गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट अलि हसन मुसलमानले अहिले चर्चामा हुनुहुन्छ।
नेपालि कांग्रेसका प्रभावशाली नेता मुसलमान वडा अध्यक्षमा उमेद्धारी दिनुभएको हो । उहाँले लामो समयदेखि समाजसेवीका रुपमा वडाबासी हरुलाई सहयोग गर्दै आउनु भएको छ ।
बर्षौ देखि राजनीति गर्दै आएका मुसलमान बिजयनगर को राजनीति मा कुशल रणनीतिज्ञ र कुटनितीकार को रुपमा चर्चित हुनुहुन्छ। जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको मुसलमानको भनाई छ । पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने मुसलमानले बताउनुभयो । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको मुसलमानको को भनाई छ ।
पहिलेदेखि नै चर्चामा रहेको मुसलमानको उमेद्धारी दर्ताले वडाको विकासका लागि मुसलमानलाई जिताउनुपर्ने युवाको भनाई छ । उहाँले पार्टीबाट प्राप्त जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताईन्छ । उहाँ वडाध्यक्षको बलियो दाबेदार रहेको युवा हरुको भनाई छ । नेता मुसलमानले आफूलाई अब्बल उमेदवारकाे रुपमा परिचित रहेकाे जनाउँदै जित सुनिश्चित भएकाे जिकिर गरनु भएको छ । समाजले चाहेकाे उमेदवार पाउँदा उनका समर्थक खुसी भएका छन् ।समाज सेवामा तल्लीन रहेका मुसलमान दर्जनौ संघ संस्थामा नेतृत्वदायि भुमीकामा निभाउदै आएका सफल नेतृत्व कर्ता क्रियाशिल वडाको विकास एंव समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको उहाँले बताए ।
उनले वडाको विकास र परिवर्तनको लागि वडावासीहरुको माग र चाहना अनुसार आफ्नो उम्मेदवारी रहेकोले आफुले शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारको विकासमा जोड दिदै अगाडि बडी नगर वासीको चाहाना मनोभावना अनुसारका काम गर्दै जाने बताउनु भयो ।
सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका सवैका प्रिय एंव बौद्धिक नेता मुसलमान वडाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा विजयनगर गाउँपालीकामा नेपाली कांग्रेसको विजयी सुनिश्चित रहेको समेत उनले दावी गरे ।
