हल्लानगरमा माओवादी लाई ठुलो झडका

कपिलवस्तु – शिवराज नगरपालिका वडा नं २ हल्लानगरमा माओवादी केन्द्रलाई झट्का लागेको छ । माओवादि केन्द्रका वडा इन्चार्ज मानसिग बुढामगर, नगर सदस्य झक बहादुर खत्री, माओवादि केन्द्र तथा नेपालि कांग्रेसका सयौँ सक्रिय नेता कार्यकर्ता एमाले प्रवेश गरेको वडा कमिटि अध्यक्ष रामकृष्ण रेग्मिले जानकारी दिनुभयो । पार्टि प्रवेश गर्दै मानसिग बुढामगर र नगर सदस्य झक बहादुर खत्रीले जनताको काम गर्नेदेखि देश विकास गर्ने पार्टि एमालेनै भएकाले पार्टि प्रवेश गरेको बताएका थिए । कांग्रेस र माओवादिले देशमा केहि गर्न नसकेको र स्थानिय तहमा पनि शिवराज २ का निर्वतमान वडा अध्यक्ष राम बहादुर चौधरीले जन अपेक्ष अनुसार काम नगरेको हुदा पार्टि परीत्याग गरेको बताएका हुन । माओवादी केन्द्रमा लामो समय देखि रहेका नेताहरुले पार्टी भित्र आफु प्रति हेर्ने दृष्टिकोण सांघुरो र विकाश र निकाशको मुख्य आधार एमाले भएको भन्दै पर्टी प्रवेश गरेका थिए।
पार्टि प्रवेश गर्दै एमाले शिवराजका मेयर पदका उमेद्धार महादेब पोख्रेलसगं आफुहरुका केहि मागहरु पनि रहखेका छन । कार्यक्रममा एमाले केन्द्रिय कमिटि सदस्य गिरीधारीलाल न्योपानेले एमाले प्रति जनलहर बढेको बताउदै विकास गर्नेको पछि जनता लाग्नु सामान्य कुरा रहेको बताउनुभयो । कांग्रेस पाटिबाट कैयौं पटक प्रधानमन्त्रि हुदा पनि गर्न नसकेका धेरै कामहरु केपि ओलि प्रधानमन्त्रि बनेपछि सुरु भएका र पुन एमाले पार्टिलाई जिताएर देशमा आमुल परीर्वतन ल्याउनका लागि सुर्य चिन्हमै मतदान गर्न पनि आग्रह गर्नुभयो ।
यस्तै शिवराज नगरपालिका मेयर पदका उमेद्धार तथा एमाले नगर कमिटि उपाध्यक्ष महादेब पोख्रेलले आफुले जितेपछि २ नं वडाको हल्लानगरमा रहेको सुकुम्बासि बस्तिको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नागरीकबाट आएका मागलाई सम्बोधन गर्ने बताउदै फुसको छानो मुक्त गर्नलाई टिनको व्यवस्थागर्ने पनि बताउनुभयो । एमाले भनेको कसैको इसारामा चल्ने पार्टि नभएको बताउनुभयो । नगारीकलाई सन्तुष्टि हुनेगरी काम गर्ने पनि पोख्रेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी २ नं वडाका वडा अध्यक्ष पदका उमेद्धार तथा वडा कमिटि उपाध्यक्ष कल्लु थारुले आफुले जितेपछि नगारीकका समस्यालाई मनन गर्दै अगाडि बढ्ने र नगरसगैँ अगाडि बढ्दै सुकुम्बासी बस्तिलाई लालपुर्जा वितरण गर्न लागि पर्ने पतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटि सचिब सि वि गहतराज, उप सचिब तथा प्रदेश सभा सदस्य अर्जुन कुमार केसि, जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुखका उमेद्धार शिवकुमारी थारु, नगर कमिटि अध्यक्ष जगत पौडेल, सचिब सरद अधिकारी लगायत एमालेका विभिन्न कमिटिका पदाधिकारीहरु नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रम वडा कमिटि अध्यक्ष राकृष्ण रेग्मिको अध्यक्षतामा सम्पन्न भएको हो ।
