कांग्रेस कार्यकर्ताद्वारा गण्डकीको कार्यालय तोडफोड

सेयर गर्नुहोस



कास्की – ने
पाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका-३ तेर्सापट्टिमा रहेकाे पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे।

पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए।

बाँडफाँटका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोसित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन् ।

आज पाँच दलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का कांग्रेस कार्यकर्ताले नाराबाजी गरेर गेटमा तालाबन्दी गरेका थिए । पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक गरिएकाे थियाे ।

Facebook Comments Box