विजयनगरको उपाध्यक्षमा यादवको बलियो उम्मेदवारी ।।

कपिलवस्तु ।
विजयनगर गाउँपालिका बाट उपाध्यक्ष पदमा सिता यादवले मनोनयन दर्ता गराउनु भएको छ । यादवले सोमबार निर्वाचन कार्यालयमा उपमेयरमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि समाजसेवीका रुपमा गाउँबासिलाई सहयोग गर्दै आउनुभएको छ । यादव यस पलिकामा सक्रिय युवा समाजसेवीको रुपमा काम गर्दै आउँदा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
पालिकाबासीले वहुजन शक्ति पार्टीमा अत्याधिक बहुमतका साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ । यादवको बहुजन शक्ति पार्टीको उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । पालिका उपाध्यक्ष कि उम्मदेवार सिता यादवले आफूले जितेमा कसैको छत्रछायामा नरही गाउपालिका को उपाध्यक्ष कस्तो हुन्छ नमुना बनेर सबैलाई देखाउनेछु र पालिकालाई उत्कृष्ट बनाएर देखाउने बताउनुभएको छ ।
पालिका हरेक विकासको दृष्टिकोणले पछाडी परेको हुदा उपाध्यक्ष को हक अधिकार सब प्रयोग गर्दै दत्तचित्त भएर काम गर्न सक्ने एकमात्र योग्य महिला उम्मेदवार भएको हुदा सिता यादवलाई जिनाउनुपर्नेमा जोड दिएका छन् । पालिका बासि यादवको उम्मेदवारीले खुसी छाएको छ । विगतमा थोरै मतले पराजित भएकि यादव अनुभवलाई थप व्यवस्थापन गरि आफ्नो अंक गणित तयार गरेकि छन् । मतदाताहरुको चिया गफमा पनि यादवको नाम निकै नै चर्चा आइरहेको छ ।
