रुपन्देहीमा ४ हजार ७ सयभन्दा बढीको उम्मेदवारी

सेयर गर्नुहोस

रुपन्देही – रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिकामा आइतवार र सोमवार गरी ४ हजार ७३२ जनाको उम्मेदवारी परेको हो।

नगरप्रमुखमा ८८ जना र उपप्रमुखमा ७१ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ११७ जना र उपाध्यक्षमा ९५ जनाको उम्मेदवारी परेको छ।

१ हजार ५७ जनाको वडाध्यक्ष, ८२६ जना महिला सदस्य, ७५६ जना दलित महिला सदस्य र १ हजार ७२२ जनाको सदस्यमा उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएकाे छ।

Facebook Comments Box