विजयनगर ७ को वडा अध्यक्षमा दिपेन्द्र शिंह चौधरीको उम्मेदवारी

सेयर गर्नुहोस

कपिलवस्तु ।

विजयनगर गाउँपालिकाको वडा नम्बर ७ बाट वडाअध्यक्ष पदमा दीपेन्द्रसिंह चौधरीले मनोनयन दर्ता गराउनु भएको छ । चौधरीले सोमबार निर्वाचन कार्यालयमा कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले लामो समयदेखि समाजसेवीका रुपमा वडाबासीलाई सहयोग गर्दै आउनुभएको छ । चौधरीले यस वडामा एक सक्रिय युवा समाजसेवीको काम गर्दै आउँदा राम्रो छापसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेद्वार बनेका चाैधरी थाेरै मतले एमालेका उम्मेद्वार दिनेश कुमार चौधरी संग पराजित भएका थिए ।०७९ मा आउने बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पुन वडाबासीले कांग्रेसबाट अत्याधिक बहुमतका साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ ।

चौधरीको उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । वडा अध्यक्षका उम्मदेवार दीपेन्द्रसिंह चौधरीले वडाबासीलाई र वडालाई नमुना वडा बनाउने बताउनुभएको छ ।

वडाबासीहरूकाे आवश्यकताअनुसार हरेक विकासको दृष्टिकोणले पछाडी परेका विकासकाे गतिलाई माथि उठाउन र वडामा रहेका महिला र पुरुष लाई समान दृष्टिकोणले रोजगार प्रदानगरि आत्मनिर्भर बनाउना दीपेन्द्रसिंह चौधरीलाई जिनाउनुपर्नेमा जोड दिएका छन् । वडा नम्बर ७ मा चौधरीरुको उम्मेदवारीले वडाबासी खुसी छन्

Facebook Comments Box