१८ बैशाख २०८१, मंगलवार

कांग्रेसमा शाहकाे भव्य स्वागत, कपिलबस्तु ३ बाट चनाव लड्ने लगभग पक्का ।।

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उप–महासचिव अभिषेक प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष कार्यक्रममा शाह कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाण्डेल, नेता विजयकुमार गच्छदार, महामन्त्री डा.शकांक कोइराला, गोपालमान श्रेष्ठसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

झण्डै एक महिना अगाडि संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका शाहले कांग्रेस सभापति देउवासँग बिहीबार औपचारिक रुपमा पार्टी सदस्यता लिएका हुन् ।

उपमहासचिव शाह दोस्रो संविधान सभा निर्वाचनमा संघीय फोरमबाट कपिलवस्तु – ५ बाट निर्वाचित भएका थिए ।

स्रोतका अनुसार कपिलवस्तु – ५ बाट कांग्रेसले युवा नेता शाहलाई नै प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट दिने तयारी समेत गरेको छ ।

स्रोत-अानलाईन

धेरै कमेन्ट गरिएका