अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन : ओली

सेयर गर्नुहोस

लमजुङ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा रहेको बताउनुभएको छ ।

लमजुङको स्मार्ट भिलेज घलेगाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । ‘जालझेल गरेर अहिले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा पुर्‍याइएकाे छ । अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । जालझेल गरेर प्रतिपक्षमा पुर्‍याए पनि हामी सरकारमा पुग्छौँ तपाईँहरूको माया, साथ सहयोगले’, उहाँले भन्नुभयो, ‘एमालेले देश, जनताको आकाङ्क्षा बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली ।’

घलेगाउँ ‘सुखी गाउँ’को रूपमा घोषित भएकोमा अध्यक्ष ओलीले घलेगाउँवासीलाई  बधाई, शुभकामना र धन्यवाद ज्ञापन गर्नुभएको छ । घलेगाउँको विकास र समृद्धिका लागि आफ्नो सधैँ सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

होमस्टे सञ्चालनको अभ्यास यसै ठाउँबाट भएको र यसकै अनुसरण गर्दै अहिले देशभरका ग्रामीण क्षेत्रहरूमा होमस्टे सञ्चालनमा रहेको समेत उहाँले बताउनुभयो ।

Facebook Comments Box