विजयनगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार सर्वसम्मत

सेयर गर्नुहोस

विजयनगर –कपिलवस्तुको विजयनगर गाउँपालिकाको मेयर र उपमेयरका लागि एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।एमाले विजयनगर गाउँ कमिटीको आज बसेको बैठकले मेयरमा गोपाल वहादुर थापा र उपमेयरमा लक्ष्मि कुमारी चौधरीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

गत निर्वाचनमा गाएँपालिकामा निर्वाचित हुनु भएका बैठकले गाउँपालिकाका अध्यक्ष थापा र उप प्रमुख चौधरीको नाम दोस्रो पटक पनि सर्वसम्मत सिफारिस गरेको एमाले विजयनगरका अध्यक्ष थर्क बहादुर खन्गाहले जानकारी दिनु भयो ।

त्यस्तै एमाले विजयनगरले वडा न ७ को उम्मेदवारको नाम पनि सर्वसम्मत सिफारीस भएको छ । वडा अध्यक्ष पदको उम्मेद्वारको लागि अहिलेका अध्यक्ष समेत रहेका दिनेश चौधरीको नाम दोहोरयाएको छ ।

Facebook Comments Box