युवा नेता लोकेश थापा वडा अध्यक्ष चर्चा

सेयर गर्नुहोस

कपिलवस्तु – स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा स्थानिय तहमा कस्तो खालको प्रतिनिधिले उमेद्धारी पाउलान भन्ने विषय चासोको रुपमा हेरीएको छ । कतिपय ठाउँमा राम्रो सगँ लेखपढ गर्न समेत नसक्ने जनप्रतिनिधि पैसा र पावरको भरमा चुनाव जितेको विगतका चुनावमा देखेकै हो । यसै विषयलाई ध्यानमा राखेर जनताले यसपालि इमानदार शिक्षित र बौद्यिक व्यक्तिलाई चुनाव जिताउनु पर्ने कुरा चिया पसलदेखि चोकका गल्लीहरुमा सुन्न पाइन्छ ।

यसैविच पछिल्लो समय विजयनगर गाउँ पालिका वडा नं ५ मा भने युवाहरु बिच लोकप्रिय समाजसेवी युवा नेता तथा विगत लामो समयदेखि राजनिति तथा समाजिक कार्यमा अग्रसर युवा नेता लोकेश बाहादुर थापाको वडा अध्यक्षमा उमेद्धारीको चर्चाले राजतितिक माहोल नै तातिएको छ । विधार्थी कालदेखि नै राजनीतिमा लाग्नु भएको उहाँ २०७५ सालमा नेकपा एमाले को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगरका स्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो भने । हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर सह इन्चार्ज पनि हुनुहुन्छ ।

जनताको भरोसाका केन्द्रको रुपमा हेरीएका थापालाई वडा बासी युवाहरु को मात्र नभएर समग्र बिजयनगर कै अधिकांश युवाहरु को साथ रहेकोले चुनाव जित्ने निश्चित जस्तै देखिन्छ। युवाहरुको फेसबुक स्टाटस र कुराहरुका आधारमा युवा व्यक्तित्व थापाको चर्चा सुन्न पाईनछ । अहिलोको चुनावमा युवादेखि वृद्धहरु पनि हाम्रो भन्दा पनि राम्रोलाई भोट हाल्नुपर्छ भन्ने कुरा सुन्न पाईन्छ यसले पनि सबैको मनमा बस्न सफल सहयोगि भावना भएका थापाको चर्चा चल्नु स्वाभाविक नै हो ।।

Facebook Comments Box