भारतीय रुपे कार्ड नेपालमा चल्दा भारतिय मुद्राको सञ्चित बढेर अर्थतन्त्र सुधार हुने संकेत

सेयर गर्नुहोस

 

भारत सरकारले सञ्चालनमा ल्याएको रूपे डिजिटल कार्ड नेपालमा पनि चल्ने भएको छ। भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उक्त कार्डको उद्घाटन गरेका थिए।

भारतको संघीय राजधानी स्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीले सो कार्डको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो।

अहिलेलाई यो कार्ड नेपालमा भने एसविआई बैंकको एटिएम कार्ड र एसविआई बैंकको पिओएस मेशिनमार्फत मात्रै चल्ने नेपाल राष्ट्र बैंकका सह प्रबक्ता नारायण पोखरेलले बताए। भारतमा भने अधिकाँश बैंकले यो कार्ड सञ्चालनमा ल्याइसकेका छन्।

नेपालमा पनि यस कार्डबाट हुने कारोबारको सिमा भने बैंक अफ इन्डियाले तोके बमोजिम हुने उनी बताउछन्। भारतमा यी कार्डहरू दुई श्रेणीमा जारी गरिन्छ, एउटा लोडिङ सीमा १० हजार रुपैयाँसम्मको र अर्को ५० हजार रुपैयाँसम्मको छ ।

के छ नेपाललाई फाइदा?
भारतले सञ्चालनमा ल्याएको रुपे कार्ड नेपालमा पनि चल्ने भएपछि यसले भारुको सञ्चित बढान केहि सहयोग पुर्याउने पोखरेल बताउछन्।

उनका अनुसार रुपे कार्डको सहायताले हामीले यहाँ बसीबसी इन्डियन करेन्सी आर्जन गर्न सक्ने छौ। नेपालमा भारतिय पर्यटक आँउदा उसले यहाँ आएर भारु खर्च गर्ने भएकोले भारुको रिर्जभमा केही सहयोग हुने उनी बताउछन्।

यसैगरी, यसले सेवाग्राहीको लागि समेत सहजता प्रदान गर्छ। सेवाग्राहीले सहज रुपमा नै रुपे कार्डबाट नेपाली रुपैयाँ भुक्तानी गर्न पाउने भए।

अहिले नेपालमा अधिकाँश बैंकले भिसा कार्ड सञ्चालन गर्दै आएका छन्। अब ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डमार्फत पनि भुक्तानी गर्न सकिने छ।

Facebook Comments Box