माओवादी सहमति अनुसार नचलेकाेले कांग्रेस र जसपा नेताकाे गुनासाे पाेख्न थाले र

सेयर गर्नुहोस

कपिलवस्तु, चैत्र २६

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका महासचिव यज्ञ पोख्रेलले लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति रहेको प्रष्ट गरेका छन् l
आफ्नाे फेसबुक पेजमा लेख्दै उनले ” लुम्बिनी प्रदेश सरकार निर्माणमा जनता समाजबादि पार्टीले धेरै कुरा गुमाएकाे छ र प्रदेश सरकार निर्माणका लागि गरिएका मिहिनेत दिमागमा अझै ताजै छन । तर बर्तमान प्रदेश सरकार निर्माण पछि भएका काम प्रति सन्तुष्ट हुन सकिएन , चाहे शुसासनकाे सवाल हाेस , चाहे याेजना तर्जुमामा हाेस , चाहे राजनैतिक नियुक्तिमा हाेस । अझ जसपाकाे नेतृत्व रहेका मन्त्रालयमा बजेट बिनियाेजन र कर्मचारि अादि बिषयमा देखिएका एकलाैटि र स्वच्छाचारि तरिकाले गम्भीर बनाएकाे छ। अप्रिय निर्णय पुर्व सचेत बनियाेस। जसपा लाई जनता र जनताकाे हित बाहेक अरुकुरा गाैण रहेकाे ” भनी महासचिव यज्ञ पाेख्रेलले समाजिक संजालमा गुनासाे व्यक्त गरेका छन ।
केही दिन पहिला कांग्रेसका नेता विरेन्द्र कानाेडियाले पनि मुख्यमन्त्री आलाेपालाे गर्ने सहमति कार्यन्वयन नभएकाे कुरालाई शीर्ष नेतृत्वलाई गुहारेका थिए । अहिलेकाे नेतृत्वमा एकलाैटीपन रहेकाे र सहमतिमा बनेकाे गठबन्धन लाई सहयाेग नगरेकाेले महासचिव पाेखरेलले गुनासाे गरेका जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले दिएका छन ।

Facebook Comments Box