सत्ताको लोभमा ५ दलीय गठबन्धनः एमाले जिल्ला सचिव गहतराज

सेयर गर्नुहोस

चन्द्रौटा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले शिवराज नगरपालिकाको वडा नम्बर ४ बनकट्टीमा वडा कार्यालयको उद्घाटन गरेको छ । शिवराज नगर कमिटीले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचारप्रसारको लागि तीव्रता दिएको छ ।

नेकपा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराजले शिवराज नगरपालिकामा एमालेले पार्टीका गतिविधि तथा क्रियाकलापमा सक्रियता बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले शिवराज नगरपालिकामा नेकपा एमालेले फेरी पनि बलियो बहुमतका साथ पार्टीले सबै पदमा जीत हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सत्ताको लोभमा ५ दलीय गठबन्धन गरेको बताउनुभयो । देशमै एमालेको लहर देखेर गठबन्धन सरकार डराएर अनावश्यक रुपमा जताततै एमाले अध्यक्ष केपी ओली शर्मा र एमालेलाई गाली गर्दै हिडेको गहतराजले बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन सकिने बेला आयो बैशाख ३० पछि सबै जनतालाई प्रष्ट थाहा हुनेछ” । एक्लाएक्लै चुनाव जित्ने सम्भावना नदेखेर गठबन्धनको सरकारले देश चलाउँछ भन्दै जनतामा भ्रम छरिरहेको जिकिर गर्नुभयो ।

वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला उप–सचिव अर्जुन कुमार केसी, नगर सभा इन्र्चाज टोपलाल पोख्रेल, जिल्ला कार्य सदस्य, दोर्ण अधिकारी, ढुण्डीराज पन्थी, जिल्ला सल्लाहाकार इश्वरी पौड्याल, शोभाकर पौड्याल, तारा प्रकाश केसी, नगर अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेल लगाय नेता, कार्यकर्ताको उपस्थितिरहेको थियो ।

Facebook Comments Box