एमाले कपिलवस्तुले एकैपटक ९६ वडामा पार्टी कार्यालय उद्धाटन गर्दै

सेयर गर्नुहोस

कपिलवस्तु । बैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले कपिलवस्तुले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । एमाले कपिलवस्तुले जिल्लाका ९६ वडामा एकैपटक पार्टी कार्यालय स्थापना गर्ने रणनिति तय गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा वडा र गाउ तथा नगरको चुनाव हुँदै छ । जसका लागि पार्टीका दैनिक गतिविधि र प्रचारात्मक कार्यक्रमलाई गतिशिल बनाउन एमाले कपिलवस्तुले चैत्र २५ गते (आज) जिल्लाभरका सबै वडामा एकैपटक पार्टी कार्यालयको उद्घाटन एकै साथ गर्ने जनाएको हो ।
एमाले कपिलवस्तुको चैत्र २२ गते खैरेन्द्रपुरमा सम्पन्न चौथो पूर्ण वैठकले गरेको निर्णय अनुसार चैत्र २५ गते वडा कार्यालय उद्घाटन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट हुने उमेद्धारहरुको टुङ्गो चाडैँ नै लगाउने गरी तयारी भइरहेको छ ।

Facebook Comments Box