त्रिदेशीय टी–२० क्रिकेटकाे उपाधिका लागि नेपाल र पीएनजीबीच खेल सुरु, नेपाल पहिले ब्याटिङ गर्दै

सेयर गर्नुहोस

काठमाण्डाै – त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको नेपालले ब्याटिङ गर्दैछ । नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो ।

पपुवा न्युगिनीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्युगिनी फाइनलमा पुगेको हो ।

Facebook Comments Box