कम्युनिष्टहरुले तोरी पेल्दा तेल ननिक्लेर पिनामात्र निक्लन्छ : कांग्रेस महामन्त्री शर्मा

सेयर गर्नुहोस

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले संयोगवश हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्सिएको आरोप लगाएका छन् । मोरङको बेलबारीमा आइतबार नेपाली कांग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको भूमिका विषयक बृहत खुल्ला सभा कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘आयोगले कहिले रातो, कहिले निलो र कहिले हरियो मतपत्र छाप्छ, संयोगवश यसपटक हरियो छापियो त्यसमा आत्तिनुपर्ने के छ ? उनले प्रश्नसमेत गरे । उनले मतपत्रमा रंगको भन्दा ढंगको कुरा गर्नुपर्ने बताए ।

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले कोहीसँग कोही तर्सिनु नपर्ने उनले शर्माले बताए । ओलीको तुक्का र उखान सुनेर एमाले खुबै बलियो पनि छ कि भन्ने भ्रमसमेत भएकोले त्यस्ता तथ्यहीन कुरामा आत्तिनुपर्ने अवस्था नभएको उनले बताए ।

Facebook Comments Box