प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने

सेयर गर्नुहोस

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हाे ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी मन्त्री खाणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box