नेपाली काँग्रेसले विजयनगरमा प्रचारप्रसारलाई तीव्रता दिँदै

सेयर गर्नुहोस

भाेला गुप्ता, कृष्णनगर ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएकाे छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘घरघर जाउँ, काँग्रेस जिताउँ’ भन्ने अभियानलाई सक्रियता साथ प्रचारप्रसारलाई जाेड दिएकाे छ ।

नेपाली काँग्रेस विजयनगर वडा नम्बर ३ काे आयाेजनामा जिल्ला कार्य समितिका जिल्ला प्रतिनिधि प्यार माेहम्मद मियाँ र मिथुन चाैधरीकाे विशेष उपस्थितिमा गाउँपालिकाकाे वडा नम्बर ३ र ४ मा संयुक्त रुपमा अभियान कार्यक्रम सम्पन्न गरिएको आयाेजकले जनाएको छ ।

विजयनगरमा सबै वडादेखि लिएर अध्यक्ष, उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि घरदैलो कार्यक्रमलाई निरञ्तरता दिएकाे बताईकाे छ । देशलाई चाैतर्फी विकासका लागि काँग्रेस पार्टीकाे आवश्यकता रहेकाे प्रदेश प्रतिनिधि सदस्य रफिक माेहम्मले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश प्रतिनिधि रफिक माेहम्मद, विजयनगर नगर सभापति जानकी प्रसाद यादव, उप- सभापति कृष्ण प्रसाद आचार्य, वडा नम्बर ३ इकाई सभापति अजय मिश्र, वडा नम्बर ४ इकाई सभापति कल्लु खाँ, वडा ३ का भावी अध्यक्ष उम्मेदवार हृदय विकास चाैधरी, समाजसेवी अन्तराज नाथ तिवारी, राम प्यारे यादव लगायतकाे उपस्थिति रहेकाे जनाइएको छ ।

Facebook Comments Box