जनमत पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न

कृष्ण पौडेल विजयनगर ।
जनमत पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जनमत पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम मंगलबार वडा नं ३ जगदिशपुरमा सम्पन्न भएको छ। कार्यक्रम लाई सम्बोधन गर्दै भष्ट्राचार निवारण विभाग अध्यक्ष मनोज कुमार अोझाले आजसम्म राष्ट्रियस्तरका पार्टी भनाउंदा कांग्रेस, कम्युनिष्ट, मावोवादी,राप्रपा जस्ता शाषक पार्टीहरूले मधेशको भूमिलाई आफ्नो मानेको तर त्यहां बसोबास गर्ने मधेशीलाई अपनाउन नसकिरहेको आरोप लगाए। जब मधेशमा बस्ने पहाडीले समेत कुनै मधेशी नेतालाई भोट दिदैंन भने मधेशी जनताले नै किन मधेशमा पहाडी नेतालाई भोट दिने ? आजसम्म कुनै मधेशीले पहाडमा गएर चुनाव जित्न नसकेको तर पहाडी व्यक्ति मधेशमा आई वर्षोंसम्म मधेशीकै भोटबाट राजनिती गरेपनि मधेशीको बारेमा कहिल्यै राम्रो नसोचेको उनले बताए।
त्यसै कार्यक्रम लाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष रामलाल यादवले नेपाली राज्यसत्ताले संधै मधेशीलाई विभेदकारी शिक्षानिती मार्फत अशिक्षित बनाई, गरिब बनाइ मधेशीलाई केवल भोट बैंकको रुपमा उपयोग गरिरहेको बताए।
त्यसैगरी काङ्ग्रेस पार्टी परित्याग गरि आएका युवा नेता देवेन्द्र माणि त्रिपाठि राज्यले नियोजित रूपमा मधेशमा बढी संख्यामा पहाडी सेना,पुलिस, प्रशासन, कर्मचारीको नियुक्ति गरी मधेशीमाथी केवल आर्थिक शोषण गरिरहेको आरोप लगाए।आजसम्म मधेशी जनतासामु उपयुक्त विकल्प नभएको कारण भ्रष्ट पार्टीका नेतालाई भोट दिन बाध्य भएकोमा अब जनतासामु नयां विकल्प को रुपमा जनमत पार्टी आइसकेकाले ” सबको देखा बारबार, जनमत पार्टी अबकी बार ” भन्ने नाराका साथ सबैलाई पार्टीको चुनाव चिन्ह ‘हर्न छाप’ मा भोट दिन आग्रह गरेका थिए ।
कार्यक्रममा देवेन्द्र माणि त्रिपाठि को नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ५० नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य श्यामलाल ठाकुरको रहेको थियो भने कार्यक्रम शिवप्रसाद चौहानले संचालन गर्नु भएको थियो ।

