नेपालले पीएनजीलाई दियाे एक सय ८४ रनकाे लक्ष्य

सेयर गर्नुहोस

काठमाण्डाै – त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ८३ रन बनायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै राेहित पाैडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जाेडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद साेपर र चार्ल्स अमिनीले २/२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएकाे हाे । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

Facebook Comments Box