भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

सेयर गर्नुहोस

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत १० मंसिरमा बसेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

Facebook Comments Box