जसपालाई टक्कर दिन लोसपाकाे पार्टी प्रवेश कार्यमा तिव्रता
प्रिन्स मिश्रा,
कपिलवस्तु, चैत्र १ । निर्वाचन नजिक आउदै गएकाले महन्त ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टीले सदस्यता वितरण एवं पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएकाे छ ।
जसपाबाट छुट्टिएपछि लाेसपाले विभिन्न जिल्लामा गाउँ नगर हुँदै जिल्लासम्म पार्टी प्रवेश र सदस्यता वितरण कार्यले गति लिएकाे छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ६ थुमुवा चोकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बलराम प्रसाद कुर्मीको अध्यक्षतामा कपिलवस्तु नगरपालिका वड़ा नं ६ थुमुवा चोकमा २०० भन्दा बढीलाई सदस्यता बितरण गरिएको हो । सदस्यता बितरण कार्यक्रमलाई प्रकाश पार्दे कार्यक्रमको अध्यक्ष बलराम प्रसाद कुर्मी , प्रमुख अतिथि लोसपाका जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरी , विशिष्ट अतिथि कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरि , अतिथि कपिलवस्तु क्षेत्र न २ का अध्यक्ष राम प्रकाश यादव , लोसपा महराजगंजका नगर अध्यक्ष ओमकार नाथ शुक्ल लगायत द्वारा सदस्यता बितरण गरि नयाँ सदस्यहरु लाई पार्टीमा स्वागत गरेर बितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले जानकारी दिनु भएको छ ।
पार्टीले उतरदायी भई जनताको लागी काम गर्ने लगायत किसानहरुको हक अधिकारको लागि पार्टीले काम गर्ने भएकाले आउने चुनावमा लोसपालाई नै जीताउने स्थानीयहरूले समेत बताएका छन ।
