जसपालाई ठुलाे झटका , वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गर्ने

सेयर गर्नुहोस


विरगंज । देश कै मुख्य व्यापारिक केन्द्र विरगंजका नगरप्रमेख विजय सरावगी जसपालाई त्याग गरि एमाले प्रवेश गर्ने भएका छन ।

२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (त्यति वेलाको संघीय समाजवादी फोरम) बाट मेयरमा निर्वाचित सरावगी पार्टी छाडेर एमाले प्रवेश गर्न लागेका हुन्। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेका सरावगीले भने, “नेताहरूसँग कुराकानी चलिरहेको छ, एक-दुई दिनमा एमाले प्रवेश गर्छु।”

एमालेमा के जिम्मेवारी पाउने भन्ने तय हुन बाँकी रहेको उनको भनाइ छ। स्थानीय चुनाव नजिकिँदै गर्दा सरावगी पार्टी छोड्न लागेका हुन्।

सरावगीले स्थानीय चुनावमा १९ हजार ३९३ मत ल्याएर मेयर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय जनता पार्टी (राजपा)का राजेशमान सिंहले १२ हजार १६५, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धीन अंसारीले ८ हजार ६८८, नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारीले ८ हजार ३०५ पाएका थिए।

उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्। हिमाल खबरबाट

Facebook Comments Box