सितगंगा ३ का वडा अध्यक्ष भुसाल एमालेमा प्रवेश

कपिलवस्तु – शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले सितगंगा नगर अध्यक्ष बन्ति श्रेष्ठले विहविार एक कार्यक्रमका विच एमालेमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश पछि अध्यक्ष भुसाललाई (नेपाली कांग्रेस अर्घाखाँचीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
काग्रेशकाे संगठन प्रद्धति निरन्कुस रहेकाेले पनि काग्रेसबाट परिवर्तन नदेखिने भएकाेले एमाले प्रवेस गरेकाे भुसालले बताए । बिद्यार्थीकाल देखि एमालेका विभिन्न कमिटीहरुमा रहँदै काम गरेका भुसाल कम्युनिस्ट राजनितिमा लामाे समय रहेका थिए । नेकपा एमाले र माओबादीका शितगंगा नगरपालिकाका सिर्ष नेताहरु समेत उनले संगठित गरेका नेताहरु अहिले पाटीकाे नेत्तृत्वमन रहेका छन ।
जन्मदै एमालेमा रहेकाेले बिगतमा काग्रेसमा लागे पनि अब आफ्नै घरमा फर्कदा खुशी लागेकाे भुसालले बताए । एमालेमा चुनाव लड्न नभइ पाटीकाे आस्था प्रति र सांगठनिक गतिबिधी प्रति सधै आक्रषक रहेकाेले अबसरकाे लागिएमाले प्रवेस नगरेकाे भुसालले बताए । काग्रेसमा अहिले पनि आफू टिकट पाउनेमा पहिलाे रहेकाे भए पनि राजनितिक संस्कार कमजाेर रहेकाेले पाटी छाडेकाे भुसालकाे भनाइ छ ।
