चुनावी समिकरण : कृष्णनगरमा मेयर पदका आठ उम्मेदवार,     कस-कसकाे हुदैछ चियाे चर्चा ?

सेयर गर्नुहोस

कृष्णनगर , फल्गुन २६ ।
स्थानीय तह निर्वाचन नजिकदै जादा   चाैक चाैराहामा जनप्रतिनिधिहरुकाे चुनावी   चर्चा पनि बढ्दै गएकाे छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदका लागि ८ जना प्रबल आंकाक्षी देखिएका छन् ।राजनैतिक दलहरुले उम्मेदवारकाे टिकटका बारे केही खुलस्त नगरेपनि अकांक्षी जनप्रतिनिधिहरुले आ-आफ्नाे दाबी गर्दै आएका छन ।
हाल नगरपालिका प्रमुख रजत प्रताप शाहले पुन: उम्मेदवार बन्ने देखिएका छन् भने मनोज कुमार ओझा, शिव प्रसाद जयसवाल, जाबेद खान, श्याम कुमार मिश्र, अकरम पठान र कुनाल प्रताप शाह, दीपक रजाैरिया लगायतले पनि कृष्णनगरको मेयर पदमा उम्मेदवारी दिने चर्चा परिचर्चामा देखिएकाे छ ।

मेयर पदमा स्वतन्त्रबाट जितेका रजत प्रताप शाहले हालै बहादुरगञ्जमा एक कार्यक्रमका बीच नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसबाट मेयर पदका लागि टिकट पाउने भएपछि मेयर शाहले काँग्रेसमा प्रवेश गरेका हुन् । शाह स्वतन्त्रबाट जितेर हरेक पुर्वाधारमा सरहानीय कार्य गरेकाले पुनः शाहलाई कृष्णनगरको मेयरमा जित्ने प्रबल सम्भावना देखिएको छ ।

यस्तै मनोज कुमार ओझाको पनि मेयर पदमा उम्मेदवार बन्ने बजारमा चर्चा चलिरहेको छ । लामो समयदेखि पत्रकारिता पेशा गर्दै आएका ओझाले हाल राजनीतिका क्रियाकलापमा सक्रिय बन्दै राजनीतिमा हाेमिएका छन् । उनी पनि जनताका घरदैलो पुग्दै गर्दा मेयर पदमा उठ्ने सम्भावना बढी देखिएको छ । ओझा पनि कृष्णनगरमा जनताका लोकप्रिय समाजसेवीका रुपमा परिचित हुँदै आएका छन् ।

कपिलवस्तु ३ (क) प्रदेश सभा निर्वाचनमा दाेस्राे स्थानमा रहेका जाबेद खानले यसपाली मेयर पदका लागि उम्मेवारी दिने बढी सम्भावना देखिएको छ । खानको भाइकी पत्नी नेकपा माओवादी केन्द्रबाट उप–मेयरमा जितेकी हुन् । तसर्थ अहिले खानले मेयरमा जित्ने सम्भावना बढी देखिएकोले उनी मेयरको आकांक्षीमा देखिएका छन् ।

यस्तै गत स्थानीय चुनावमा पराजित भएका शिव प्रसाद जयसवालले पुनः मेयरमा उम्मेवार बन्ने कसरतमा रहेका छन् । गत निर्वाचनमा उनी रजत प्रताप शाहका प्रतिद्वान्दी थिए । अहिले जयसवालले मेयरमा जित्ने सम्भावना बढी नै देखिएको छ । पुर्व प्रधानले परिचित जयसवालले जनताका सामु एक कर्मठ, इमान्दार समाजसेवी भएकोले जनताले मेयर जिताउने आकांक्षा पुरा हुने सम्भावनाले कृष्णनगरमा जयसवालको चर्चा बढी रहेको छ ।

गत स्थानीय तहको निर्वाचनमा पराजित भएका श्याम कुमार मिश्रले पनि मेयरमा उम्मेवारी दिने चर्चामा आइरहेका छन् । ब्रहम्मण जातिका नेता मध्ये लाेकप्रिय मिश्र एउटा कलाकार तथा समाजसेवीका व्यक्ति रुपमा कृष्णनगरमा चर्चित छन् । मिश्रलाई पनि उनको समर्थकले जिताउने चर्चा गरिहेका छन् ।
उनले सँधै जनताका सेवा गर्दै आएकाले मिश्रलाई मेयरमा जिताउने जनताले चर्चा गर्न थालेका छन् । यस्तै समाजसेवी अकरम पठान जसपा , कुनाल प्रताप शाह ,मनाेज कानाेडिया र दीपक रजाैरिया पनि मेयर पदका लागि चुनावी मैदानमा उत्रिने सम्भावना रहेको कृष्णनगर , बहादुरगंज लगायतका ठाउंमा व्यापक चर्चा छ ।

Facebook Comments Box