मायादेवीमा निर्वाचित वडाध्यक्ष सहित ३ सय बढी एमालेमा प्रवेश, जनवर्गीय संगठन पनि गठन

सेयर गर्नुहोस

कपिलवस्तु कपिलवस्तुको मायादेवी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि सहित ३ सय बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा जनवर्गीय गठन कार्यक्रममा मायादेवी गाउँपालिका ३ का नेपाली कांग्रेसबाट निर्वाधचित वडाध्यक्ष अलि हसन मुसलवान र तत्कालीन फोरमबाट निर्वाचित वडा सदस्य राज किशोर पाण्डे सहित ३ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।

देशको सृमृद्धिका एमालेको विकल्प नरहेको र हरेक नागरिकलाई समावेश गर्ने पार्टी एमाले भएकाले पार्टी प्रवेश गरेको नवप्रवेशीकाहरुले बताएका छन् ।

त्यस्तै सोहि कार्यक्रम मार्फत विभिन्न जनवर्गीय संगठन पनि गठन गरिएको छ । विवादका कारण गठन प्रक्रियामा ढिलाई भए पनि पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्रीको विशेष पहलमा गठन गरिएको छ । जसअनुसार ४ जना पछि मनोनित हुने गरी ४३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल मायादेवी गाउँपालिका कमिटि गठन गरिएको छ भने उपाध्यक्ष पदमा चयन भने आगामि बैठकले गर्ने निर्णय भएको पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै अखिल नेपाल किसान संघ र मुस्लिम साहाबुद्धिन मुलिक गाउँ कमिटि पनि गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेलले सबै जनवर्गीय संगठन तथा सम्पुर्ण नेता कार्यकर्ता एकजुट भएमा एमाले देशकै ठुलो पार्टी अवश्य बन्ने बताउनुभयो । उहाँले विगतमा राष्ट्रिय युवा संघको सक्षम नेतृत्व नभएको र अहिले पार्टीले कमल क्षेत्रीलाई युवा जिल्ला सहईन्चार्जको जिम्मेवारी दिएसंगै राष्ट्रिय युवा संघ सक्रिय रुपमा लागेको बताउनुभयो ।

त्यस्तै पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्री (IME) ले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् । कार्यक्रमका अतिथि समेत रहनुभएका क्षेत्रीले पार्टीका लागि युवा संघको अहम भुमिका रहेकाले सक्षम नेतृत्व आउन जरुरी रहेको भन्दै पार्टीलाइ बलियो बनाउने युवा संघ नै रहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताए ।

पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने उहाँले बताउनुभयो । दुख सुख जस्तो अवस्थामा पनि खटेर पार्टीका क्रियाकलाप सम्पन्न गर्दा कुनै समस्या भएमा युवाहरुलाई जिल्ला सहईन्चार्जको तर्फबाट जति वेला पनि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नवगठित सम्पुर्ण कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

एमाले मायादेवी गाउँपालिका कमिटि अध्यक्ष जगन्नाथ चौधरीको अध्यक्षता, पार्टी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेलको प्रमुख आतिथ्यता, प्रदेश कमिटि सचिवालय सदस्य शान्ती चमारको विशिष्ट आतिथ्यता, जिल्ला कमिटि सचिवालय सदस्य बिष्णु गौतम, जिल्ला कमिटि सदस्य कमल क्षेत्री (IME), रामनैन यादव, याकुब मुसलवान, तिरज पासीको आतिथ्यता रहेको कार्यक्रम गाउँकमिटि सचिव बिष्णु पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

Facebook Comments Box