माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

अर्पण व्याङ्केट, थापागाउँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। एमसीसी संसदबाट अनुमोदन भएसँगै एकीकृत समाजवादीका कार्यकर्ताले चर्को आलोचना गर्दै आएका छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनालले संसदबाट अनुमोदन हुन नहुने धारणा राख्दै आएका थिए। तर पार्टीले निर्णय गरेर नै एमसीसीमा एकीकृत समाजवादीले पक्षमा रहने निर्णय गरेको थियो। यसको कार्यकर्ताले विरोध गर्दै आएका छन्।

एमसीसी पारित भएपछि कांग्रेस र माओवादीले हिजो नै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।

Facebook Comments Box