एमसीसी कम्युनिस्ट विरोधी परियोजना भएकाले राष्ट्रघाति छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको विरोधमा सडकमा निस्किएका छन्। आफ्नै पार्टीले आयोजना गरेको खबरदारी सभामा खनालले एमसीसी परियोजना कम्युनिस्ट विरोधी भएको बताएका छन।
‘एमसीसी राष्ट्रघाति छ। संसोधन गरिएन भने ‘नो एमसीसी’। यो परियोजना कम्युनिस्टविरोधी परियोजना हो,’ उनले भने। नेता खनालले एमसीसीको विषयमा खुलेरै विरोध गरिरहेका छन्। बिहीबार संसद भवन बानेश्वमा उनले एमसीसी कारण सडक तात्नेमात्र होइन, बल्ने पनि चेतावनी दिएका थिए।
Facebook Comments Box
