बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ

सेयर गर्नुहोस


काठमाण्डाै – एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुन थालेपछि बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ गरिएको छ । माइतीघर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यसकै विरोधमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ सङ्गठनलगायतले आज पनि विरोध प्रदर्शन गर्दैछन् । उनीहरु सडकमा निस्कन थालिसकेका छन् । आज यो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गएको आइतवार विरोध प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए ।

Facebook Comments Box