एमसीसी संसदमा पेस हुने कार्यसूची सार्वजनिक, माओवादीको लिखित विरोध

सेयर गर्नुहोस

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ ।

कार्यसूचीमा भनिएको छ, ‘माननीय अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा प्रस्तुत गर्नुहुने ।’

यसैबीच एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयप्रति माओवादीले कार्यव्यवस्था परामर्श समितिमै विरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्यहरू जयपुरी घर्ती र रेखा थापाले लिखित रूपमै असहमति राख्नुभएको छ । उहाँहरूले संशोधनविना एमसीसी पेस गर्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको जनाउनुभएको छ ।

Facebook Comments Box